पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ५७३ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६२४ संक्रमित थपिएका हुन् ।

आज १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ । निको हुने देर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज २० संक्रमितको मृत्यु भएको छ । योसँग कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २५९ पुगेको छ ।

आज देशभर ३९ हजार ४०५ सक्रिय संक्रमित रहेका छन् ।यीमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४०३ जना संस्थागत आइसोलेसनमा छन् । आज सघन उपचार कक्षमा ७६० र भेन्टिलेटरमा राखेर १८६ जनाको उपचार भइरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal