एक महिनामै राउटे वस्तीका ३ जनाको मृत्यु, स्वास्थ्यजाँच गर्दा देखियो मदिरा मुख्य समस्या



नेपालकै लोपोन्मुख समूदायको रुपमा रहेको राउटे समुदायमा एक महिनाभित्र तिन जनाको मृत्यु छ । यसरी मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वस्तीमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको हो ।

राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक साताको अन्तरमा मृत्यु भएको थियो । त्यसअघि गुर्भाकोटमा एक बालकको मृत्यु भएपछि उनीहरु सल्यान र सुर्खेतको सीमानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसाईं सरेका थिए ।

राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्यजाँच गरेको जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिएका छन् । उनका अनुसार केही राउटे समुदायका व्यक्तिहरु भने स्वास्थ्य जाँचको आएनन् । धेरै बालबालिकाहरु कुपोषित देखिएको र उनीहरुमा बढी घाउचोट लाग्ने गरेको पाइएको उनले बताए । उनीहरुले बालबालिकालाई जुकाको औषधि पनि खुवाएका थिए । उनीहरुमा छालासम्वन्धी, उच्च रक्तचाप र मदिरा मुख्य समस्या देखिएको वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal