रणवीरकै बराबरको पारिश्रमिक मागेपछि निकालिइन् दीपिका



अभिनेत्री दीपिका पादुकोणले पति रणवीर सिंहको जति नै पारिश्रमिक मागेपछि फिल्मबाट निकालिएकी छन् । उनी बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’ बाट दीपिका निकालिएकी हुन् ।

भारतिय मिडियाका अनुसार फिल्म ‘बैजु बावरा’ मा मुख्य भूमिकाका लागि रणवीर सिंह र दीपिका पादुकोणलाई खेलाउने चर्चा चलेको थियो । चर्चा चलेको केहि दिनमा नै पारिश्रमिकको कुरा लिएर दीपिकालाई हटाइएको हो ।

फिल्मबाट दीपिका बाहिरिएपछि पारिश्रमिकको चर्चा चलेको छ । अहिले दीपिका फिल्मबाट बाहिरिएपछि अब उनको भूमिकामा को आउने भन्ने विषयमा समेत अन्योलता छाएको भारतिय मिडियाले उल्लेख गरेका छन् । पारिश्रमिकको विषयमा बेला बेलामा बहस हुने गरेता पनि पुरुष बराबरको पारिश्रमिक महिला कलाकारले पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal