दुर्गेश थापालाई प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरि निस्कासन



गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ । प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दै दुर्गेशलाई निस्कासन गरिएको जनाएको हो ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सामजिक संजालमा विभिन्न माध्यमबाट सम्प्रेशित तीजगीत संगीतहरुमध्ये ‘ख्यास पुतली’ को बारेमा पक्ष ,विपक्षमा रही सामाजिक संजालमा देखा परेका टिकाटिप्पणी, जनगुनासो र यस प्रतिष्ठानसँग लोकससंगीतकर्मी र शुभचिन्तकहरुको सकरात्मक अपेक्षलाई समेत ध्यान दिदैँ कलाकार दुर्गेश थापा ज्युलाई गीत प्रकाशन पुर्व नै यस प्रतिष्ठानले ख्यास पुतली संसोधन गरिदिनुहुन गरेको लिखितम् हार्दिक अनुरोधलाई बिल्कुलै वेवस्ता गरी निजले प्रतिष्ठानसँग आफ्नो सम्बन्ध नरहेको हुलका स्पष्टिकरण दिएको हुनाले प्रतिष्ठानको मिति २०७८ असार १७ गते बसेको केन्द्रिय समितिको बैठकबाट विधानत् परिच्छेत (७) धारा(२६)को उपधारा (१) बमोजिम निजको साधारण सदस्य समेत नरहने गरि सदस्यता खारिज गर्ने निर्णय गरिएको छ ।

’केहि दिन अघि समाचारमा आएको बहिस्कार भन्ने कुरा सत्य नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनलाई प्रतिष्ठानको सदस्यबाट मात्रै बन्चित गरिएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal