एसईईको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?



राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गर्ने जनाएको छ।

परीक्षाको नतिजा बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने छ। विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो। २०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० हेर्न सकिने छ।

यस्तै, इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर प्राप्त गर्नसकिने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal