थप ३,७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २५ जनाको मृत्यु हुँदा १८८५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको हो ।

९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal