दुर्गेश थापालाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय



राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई बहिस्कार गर्ने भएको छ । 

संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले संस्थागत रुपमा दुर्गेशलाई बहिस्कार गर्ने निर्णय गरेको हो । प्रतिष्ठानबाट निर्णय भने सार्वजनिक भइसकेको छैन ।

दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।

गीत ल्याउनुअघि नै दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै पठाएको थियो ।

तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरेका थिए । उक्त गीतले तीजको मर्ममाथी प्रहार गरेको प्रतिष्ठानले ठहर छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal