सत्ता गठबन्धन कार्यदलको बैठक, मन्त्रिमण्डल विस्तारबारे छलफल



 सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

सरकार सञ्चालन तथा मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न आज बिहान बालुवाटारमा कार्यदलको बैठक बसेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनेको कार्यदलमा कांग्रेसका तर्फबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देव गुरुङ छन् । त्यस्तै जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय सदस्य छन् ।

आज बिहान बसेको कार्यदलको बैठकले मन्त्रिमण्डल विस्तारका लागि गठबन्धनमा सामेल दलहरुको सिफारिस बारे छलफल गर्ने बताइएको छ ।

सत्ता गठबन्धनमा सामेल जसपा र माओवादी केन्द्रले अहिलेसम्म मन्त्रीको नाम सिफारिस गर्न सकेका छैनन् । त्यस्तै नेकपा एमालेको माधव नेपाल समूहले भने सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal