रेशम चौधरीले भने- ‘म दुबै पक्षमा खुल्दिन, तटस्थ बस्छु’ (भिडियो)



जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । जसपाको आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बस्ने भएका हुन् ।

सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । चौधले जेलबाट आएर कसैको पक्ष र विपक्षमा लाग्नु राम्रो नभएको बताए । उनले भने- ‘मेरो लागि पक्ष पनि जसपा हो विपक्ष पनि जसपा हो ।’

सोमबार दिउँसो निर्वाचन आयोग उनलाई पुर्‍याइएको हो । यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो । आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो ।

आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा चौधरीले भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो।’

उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिए । उनलाई अहिलेको अवस्थाबारे सबै थाहा हुँदाहुँदै पनि यो अवस्था हुन पुगेको बताए । आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal