दीपकको व्यंग्यः स्वास्थ्य राज्यमन्त्रीमा मोटोघाटो मान्छे



प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सामाजिक संजाल र मिडियामा नकारात्मक प्रतिक्रिया आएको छ ।

आइतबार देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए कलाकार दीपकराज गिरीले व्यंग्य गर्दै काँग्रेसले सहि ठाउमा सहि मान्छे लान्छ भन्थे स्वास्थ्य मन्त्री मोटोघाटो बनाएछ भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै गिरीले कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कॉग्रेस भएकोमा अब कॉग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कॉग्रेस भइयो अब कॉग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आयो ! कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ भन्थे सुन्या थिए हो रहेछ, स्वास्थ्यमन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो..

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal