नवल नेपालको निर्देशनमा ‘दिल चुप छ’ सिरिज सार्वजनिक, शनिबारबाट बिएमएचडि टेलिभिजनमा प्रसारण



चर्चित निर्देशक नवल नेपालले नयाँ नेपाली सिरिज निर्देशन गरेका छन् । ‘दिल चुप छ’नामक उक्त सिरिज हरेक शनिबार साँझ ७ः३० बजे बिएमएचडि टेलिभिजनमा प्रसारणमा आउने छ ।

यो सिरिज बुढासुब्बाको अफिसियल युट्युब च्यानलमा पनि शनिबार साँझ ७ः३० मा हेर्न सकिन्छ । सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ ।

दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङ्गको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको रंग संयोजन रहेको प्रस्तुत सिरिजलाई नवराज गिरि र सरस्वती गिरिले निमार्ण गरेका हुन् ।

सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल , प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्काको प्रतिक गिरि शिक्षा संग्रोला सक्षम पुरी अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal