‘काफल पाक्यो’ गीत सार्वजनिक



कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङ गीतमा दिनेश ‘काजी’ बान्तवाले संगीत दिएका छन् ।

दिनेश बान्तवा र राजन मुकारुङ जोडीको सहकार्य रहेको ‘हुरुक्कै भएँ म’ यसअघि नै गीत चर्चामा रहेको थियो । कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मस्को स्टुडियोमा छायाङ्कन गरिएको हो । कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिएका छन् भने भिडियो मिराज अर्यालले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal