शनिबारदेखि लामो दूरीका यातायात सञ्चालन गर्न अनुमति



जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबार बाट लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको छ।

गृह मन्त्रालयले साउन ५ गते यातायात सञ्चालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार शुक्रबार सबै यातायात व्यवसायीहरूसँगको छलफलपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने सहमति भएको हो।

उनले भने,‘अहिले लोक सेवा,त्रिविका वार्षिक परीक्षा सञ्चालन हुने भएकाले यातायात सञ्चालन गर्न दिइएको हो,भोलिबाट सवारीसाधन सञ्चालन गर्न पाइनेछ।’ सरकारले गत वैशाख १६ गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal