एमाले केन्द्रीय कमिटीको चालु दशौं बैठक आज ३ बजे बस्दै



नेकपा (एमाले( को केन्द्रीय कमिटीको चालु दशौं बैठक मङ्गलबार दिउँसो ३ बजे बस्दैछ । हिजो सोमबार सुरु भएको केन्द्रीय कमिटीको बैठक आज पनि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी रहने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कमिटीको हिजोको बैठकले कार्यदलले तयार पारेको दशबुँदे सहमतिपत्र अनुमोदन गरेको थियो । यससँगै असार ३ गतेको प्रतिनिधिसभा संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्रदान गर्नुहुने एमाले नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । पार्टीको निर्देशन विपरीत मतदान गर्ने नेताहरुलाई स्पष्टीकरणका आधारमा कारबाही गरिने बताइएको छ । यही अवस्थामा एमाले केन्द्रीय कमिटीको बैठक निरन्तर जारी रहने तामाङले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal