गायक बने कुमार कट्टेल(जिग्री)



हास्यकलाकार कुमार कट्टेल (जिग्री)को परिचय थपेका छन् । उनी हास्यकलाकार तथा लेखक हँुदै अब गायकका रुपमा आफ्नो परिचय थपेका हुन् । हास्य सियिरयल सक्किगोनीका मुख्यपात्र तथा लेखन निर्देशन गर्दै आइरहेका कुमारले आफ्नो जन्मदिनको अवसर पारेर आज नयाँ गीत स्रोता तथा दर्शकमाझ लिएर आएका छन् ।

कुमारले पहिलोपटक आफ्नो स्वरमा गायिका मेलिना मैनालीसँग ‘मञ्जुरी’ बोलको गीत रेकर्ड गराएका छन् । सानैबाट गीत गुनगुनाएपनि उनले अहिलेसम्म आफ्नो आवाजमा गीत रेकर्ड गरेका थिएनन् । तर,अहिले निषेधाज्ञाको बोरमा बसेका दर्शकका स्रोतालाई मन भुलाउनका लागि आफैले गीत रेकर्ड गराएका हुन् । जुन गीतमा भिम बिसीको शब्द तथा संगीत छ ।

दीपक आचार्यको निर्देशनमा बनेको यस भिडियोमा कुमार आफैले अभिनय गरेका छन् । जसमा सक्किगोनीकी मुख्य पात्र तथा भद्रगोलकी रक्षा श्रेष्ठले अभिनयमा साथ दिएकी छन् । गीत मायाप्रेममा आधारित रहेर रोमान्टिक शैलीमा निर्माण गरिएको हो । यस गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने सम्पादनको काम प्रविन भट्टको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal