देउवालाई विश्वासको मत दिन एमाले नेत्री झाँक्रीको आग्रह



नेकपा एमाले नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे बस्न गइरहेको सङ्घीय संसदमा विश्वासको मत लिन लाग्नुभएको हो । असार २८ गते सर्वोच्च अदालतले गरेको परमादेश अनुसारको प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफूहरुको कर्तव्य भएको झाँक्रीको धारणा छ ।

‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदकले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं’, झाँक्रीले सामाजिक सञ्जालमा विश्वासको मतको पक्षमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal