चर्चित शो बालिका बधु अभिनेत्री सुरेखा सिकरीको निधन

चर्चित शो बालिका बधु अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ ।
७५ वर्षकी सुरेखाको शुक्रबार बिहान हृदयाघातका कारण निधन भएको हो ।
उनी लामो समयदेखि बिरामी थिइन् । उनले २०२० मा दोस्रो पटक ब्रेन स्ट्रोक झेलेकी थिइन् । त्यसयता उनी लगातार बिरामी थिइन् । २०१८ मा उनलाई प्यारालाइटिक स्टेक भएको थियो ।
सुरेखाले तीन पटक राष्ट्रिय पुरस्कार जितेकी थिइन् । सामाजिक संजालमा बलिउड कलाकार, टेलिभिजन कलाकार र फ्यानहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सुरेखाले थिएटर, टेलिभिजन र फिल्ममा पनि काम गरेकी थिइन् । १९७८ मा फिल्म किस्सा कुर्सी का बाट सुरेखाले अभिनयमा डेब्यू गरेकी थिइन् ।
उनलाई तीन पटक सर्वोत्कृष्ट सहअभिनेत्रीको राष्ट्रिय पुरस्कार दिइएको थियो । यो अवार्ड फिल्म तमस (१९८८), मम्मो (१९९५) र बधाइ हो (२०१८) का लागि यो पुरस्कार दिइएको थियो ।
यसबाहेक उनले १ फिल्फेयर अवार्ड, १ स्क्रिन अवार्ड र ६ इण्डियन टेलिभिजन एकेडेमी अवार्ड जितेकी छिन् ।