एमालेको निर्णयः देउवालाई विश्वासको मत नदिन सांसदलाई निर्देशन (विज्ञप्तिसहित)



नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधि सभा सदस्यहरुलाई निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बैठकले एमालेको विद्यमान समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरेको प्रस्तावलाई अनुमोदन गरेको छ । तर, कार्यदललाई विघटन समेत गरेको छ । यो निर्णयसँगै नेकपा एमालेभित्र फुट निश्चितप्रायः भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal