थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।