जग्गा प्रकरणमा मुछिएका कांग्रेसका नेता गच्छदार अदालतमा हाजिर



नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार आज अदालतमा हाजिर भएको भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको थियो । गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ ।

प्रतिवादीमध्ये तीन जना पूर्वसचिव थिए । उनीहरूमध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको थियो । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्तलाई पाँचपाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal