निवर्तमान प्रधानमन्त्री ओलीले बालुवाटार छाडेर बालकोट पुग्दा भब्य स्वागत (फोटो फिचर)



निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।

काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।

कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal