अझै शुरु भएन शपथ ग्रहण, नियुक्तिको भाषाबारे लफडा

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि शपथ ग्रहण कार्यक्रम अझै सुरु हुन सकेको छैन ।
काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् । उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।