अवैध सम्बन्धका कारण इलाम इजलासकी महिला कर्मचारीको घाँटी थिचेर हत्या, असई पक्राउ



उच्च अदालत विराटनगर, इलाम इजलासकी कार्यालय सहयोगी महिला हत्यामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीका असईलाई पक्राउ गरिएको छ ।

इलाम इजलासकी महिला कर्मचारी बिमलाकुमारी पराजुलीको शव कार्यालय परिसरमा भेटिएको थियो । महिलाको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड युवराज बानियाँलाई नियन्त्रणमा लिइएको जनाइएको छ । बानियाँ नेपाल प्रहरीका असई हुन् ।

सोमबार बिहान मृत अवस्थामा फेला परेको बताइएको छ । बनियाँले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको जनाइएको छ । बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

हत्याको कारण अबैध सम्बन्ध र लेनदेनको विवाद पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal