अभियन्ता ज्वाला संग्रौलालगायत तीन जना रिहा



प्रहरी हिरासतभित्र कुटपिट गरेको आरोपमा पक्राउ परेकी ‘अभियन्ता’ ज्वाला संग्रौलालगायत तीनजना रिहा भएका छन् । रिहा हुनेमा हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

प्रहरी स्रोतका अनुसार ज्वाला र शर्मिला साधारण तारेखमा छुटेका हुन् भने हिमाल उपाध्याय १ लाख धरौटीमा छुटेका हुन् ।

केही दिनअघि युवासंघकी नेतृ खुस्बु घिमिरेमाथि ज्वालाको समूहले प्रहरी कार्यालभित्रै आक्रमण गरेको थियो । घिमिरेले महानगरीय प्रहरी परिसर टेकुमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु असार ६ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal