नायक पुष्प र बलेको एक साथ भयो ‘ब्रेकअप’ (भिडियो)

किरण भुजेल र समीक्षा अधिकारीको स्वरमा ‘माया गरौँला-२ (ब्रेकअप) गीतको भिडियो सार्वजनिक भएको छ। तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत रहेको छ। गीतलाई जीवन बडूले एरेन्ज गरेका छन्।
सरोज ओलीको निर्देशन तयारमा निर्माण भएको गीतको भिडियोमा पछिल्लो समयलका ब्यस्त कलाकारहरु पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आंचल शर्माले फिचर गरेका छन्।
विक्रम स्वाँरको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र उनको टिमले छायांकन गरेको हो। भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन्। करिव ७ महिना अगाडि रिलिज भएको गीत ‘माया गरौला’ गीतले दर्शकको राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो।
सरोज ओली र अस्तिमा अधिकारीको आवाजमा रहेको ‘माया गरौलाको दोस्रो भागको रुपमा ‘माया गरौला-२ (ब्रेकअप) सार्वजनिक भएको हो।