दिपाश्री र सरोज खनालको फेसबुक ह्याक



बेलाबखत नेपाली सेलेब्रेटिहरुको सामाजिक संजाल असुरक्षाको खबर बाहिरिरहेको हुन्छ । फेसबुक, ट्विटर, ईन्स्टाग्राम लगायतका सामाजिक संजाल ह्याक हुदा नेपाली कलाकारहरु हैरानिमा पर्छन् । हालै यस्तै भएको छ । हास्य अभिनेत्री दिपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक एकाउन्ट एकसाथ ह्याक भयो । यो कुराको जानकारी दिपकराज गिरिले एक स्ट्याटस लेख्दै गराए । उनले सचेत हुन पनि आग्रह गरे ।

दीपकले सबैलाई सजक गराउने उदेश्यले राखेको स्टाटसमा लेखेका छन् ‘दीपा जीको फेसबुक ह्याक भएको छ । सरोज खनाल दाईका पनि ह्याक भएको छ ।’ उनले अगाडि थपेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक हुनुहोला !’ उनले भनेका छन ह्याकरले पैसा पनि माग्न थालेको छ । यतिबेला ह्याकर सो एकाउन्टमा सक्रिय छन् । खनालको एकाउन्टबाट राती ११:४५ बजेतिर एउटा पोस्ट सार्बजनिक भयो ।

जस्मा आफुलाई भ्लग बनाउन युट्युब च्यानल चाहिएको भन्दै युट्युबको लोगो अङ्कित फोटो समेत राख्दै हासेको इमोजी राखेको छ । उक्त पोस्ट देखेपछि हामिले बुझ्नलाई सरोज खनालको आईडिमा रिक्वेस्ट पठाउदा उतैबाट म्यासेज आएको थियो । खनाल नै बनेर बोल्ने ह्याकरले आईडी रिकभर भैसकेको बताउदै हामिलाई आफ्नो डिजिटल टिम बन्दै गरेको र त्यसमा सामेल हुन आग्रह गरे । हामिले यो बिषयमा फोनमै कुरा गरौ, नम्बर दिनुस तपाईको भन्दा म्यासेज हेरियो तर रिप्लाई आएन । यसबाट पनि बुझ्न सकिन्छ, ह्याकर रातारात सो आईडिमा सक्रिय छन् ।

यता, अभिनेत्री दीपाले ह्याकरले आफ्नो फेसबुकबाट सुमन गिरी भान्जासँग अप्ठेरो परेको भन्दै एकलाख मागेको बताइन् । ‘मेरो नामबाट सुमन भन्जासँग एक लाख मागेको रहेछ । हाल्नका लागि एकाउन्ट नम्बर पनि पठाएछ’ दीपाले भनिन्, ‘बुझ्दै जाँदा त्यो एकाउन्ट पनि अर्कैको रहेछ ।’ दीपा ह्याकरले पठाएको एकाउन्ट डिटेल लिएर अपराध महाशाखा समेत पुगेकी छन् । सो क्रममा एकाउन्ट वाला व्यक्ति पनि पीडित रहेको पाएको दीपाले बताइन् । उनले भनिन्, ‘अब उजुरी लिएर प्रहरीको साइबर सेल जाँदैछु । के हो त्यहाँबाट पत्ता लाग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal