थ्री नेसन्स कप : आज नेपाल र किर्गिस्तान भिड्दै



राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगिता आज अपरान्ह किर्गिस्तानको यु-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपरान्ह ५:३० मा दशरथ रंगशालामा हुनेछ ।

नेपालले कपका लागि बुधबार २३ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिमको कप्तानी गोलकिपर किरणकुमार लिम्बुले गर्नेछन् ।यसअघि मंगलबार भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । शनिबार नेपाल र बंगलादेशबीच खेल हुनेछ ।

तीन टिम एक-आपसमा भिडेपछि अंक तालिकाका शीर्ष दुई टिमबीच सोमबार फाइनल खेल हुनेछ ।को रोना भाइ रसका कारण दशरथ रंगशालामा तय भएका विश्वकप छनोटका खेल पटक पटक स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal