दीपाश्रीले सार्वजनिक गरेको होलीको गीतमा किन अटाएनन् जीतु ?



दीपाश्री निरौलाले भर्खरै सार्वजनिक गरेको होलीको गीतमा जितु नेपाल नअटाएको भन्दै यतिबेला सामाजिक संजालमा चर्चा चलेको छ।

उक्त होलीको गीतमा दीपासँगै दीपकराज गिरी, केदार घिमिरे, शिवहरी पौडेललगायत छक्का पञ्जा टिमका अधिकांश कलाकार छन्। तर  जितु नेपाललाई भने देखिएको छैन ।

यता दीपाश्रीले भने गीतमा जितु मात्र नभएर अन्य कलाकार पनि यो भिडियोमा नदेखिएको प्रष्ट पारेकी छिन्। छक्कापञ्जा टिमबाट जितु बाहिरिएको चर्चा चलिरहेको बेला कलाकारबीच यो विषयले पनि ठाउँ पाएको हो।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal