सर्जुन राईको ‘दैलो’ (भिडियो)



सर्जुन राईको स्वरमा सजिएको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा सर्जुनलाई सानु तामाङले साथ दिएका छन । यस गीतमा शब्द तथा संगीत बिश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ । लोकपप शैलिको यस गीतको भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ ।

खोटाङको रमणिय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे , नुनथला, अर्खौले, जयरामघाट लगाएतमा ठाउँमा खिचिएको भिडियोको निर्देशन तथा छायांकनमा अनिल के मानन्धरको रहेको छ । लोकपप शैलिको यस गीतले बिहे गरेर लाहुर गएको आफ्नो प्रेमिले प्रेमिकालाई कतिसम्म माया गर्छन र कतिसम्म कुर्छन भन्ने बिषयलाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal