‘ओयजा’ ट्रेलर सार्वजनिक



रेज इन्टरटेनमेन्टको प्रस्तुति छोटो हरर फिल्म ‘ओयजा’ को ट्रेलर सार्वजनिक भएको छ । रोशन दाशको निर्देशन रहेको फिल्ममा दासको साथमा रोशन श्रेष्ठ र अनिश पन्च ‘क्रिजोन’ को छायांकन रहेको छ । सम्पादन समेत दास कै रहेको छ भने सन्दिप कपालीले शृंगार गरेका छन् ।

फिल्मको सबटाइटल राहुल शर्माले सम्हालेका छन्, भने स्क्रिन प्ले समेत दासको जिम्मेवारीमा छ। अनिश, रोशन र सुनिल गजमेरको लगानी रहेक भिडियोका क्रिएटिभ हेड अनिश नै रहेका छन् । फिल्ममा बाल कलाकार गुनगुन दासको साथमा रोशन, अनिश, सुनिल, बिशाल केसी र कमला तामांगको अभिनय रहेको छ। फिल्ममा विवेकले म्युजिक सम्हालेका छन् भने कथा र स्क्रिप्ट समेत दास कै रहेको छ । फिल्म जेठ १२ गते युट्युव मार्फत सार्वजनिक गर्ने दासले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal