‘लप्पन छप्पन २’को ‘झुसे बारुलो’ सार्वजनिक



फिल्म ‘लप्पन छप्पन २’को ‘झुसे बारुलो’ बोलको गीत शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो। आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर रहेको गीतमा आरजेकै शब्द तथा संगीत रहेको छ। गीतको भिडियोलाई नरेशनाथ योगीले कोरियोग्राफी गरेका हुन्।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुवँर, दीपक क्षेत्री, एन्जल श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ।

वैशाखको १२ गतेलाई प्रदर्शन मिति तय गरिएको यसै फिल्ममार्फत् शक्ति श्रेष्ठ, आना ढकाल, श्रृजना सिना लगायतल ठूलो पर्दामा डेब्यू गर्दैछन्।

फिल्ममा मुकुन्द भट्ट, सुनिल न्यूरे र अमित शर्माको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसी र मुकुन्द भट्टको एक्सन तथा मिलन श्रेष्ठको सम्पादन छ। फिल्ममा चीजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिपचन्द्र भाक्रेल, सन्तोष चन्द्र भाक्रेलको लगानी छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal