खबपूको समर्थकले भोट सार्वजनिक गर्न माग (भिडियो)



कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्तले जितेपछि भोट सार्वजनिक गर्न माग उठेको छ ।

फाइनल राउण्डमा खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर विरोधको नाराबाजी गर्दै भोट सार्वजनिक गर्न माग गरेका हुन् । खड्ग बहादुर पुन मगरको समर्थकहरुले कार्यक्रमको बाहिर भोटिङ्गका अनुसार विजेता बनाइएनभन्दै नाराबाजी गर्दै विरोज जनाए ।

कमेडी च्याम्पियन मुर्दावाद भन्दै नाराबाजी लाउँदै धाँधली भएको जनाएका छन् । जातिवादको कुरा समेत उठाउँदै नाराबाजी लगाएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal