‘चपली हाईट ३’को टिजर ट्रेन्डिंगमा



फिल्म ‘चपली हाईट ३’को टिजर सार्वजनिक भएको चौबिस घन्टामा नै ट्रेन्डिंगमा पर्न सफल भएको छ। निकेश खड्काको निर्देशनमा बनेको फिल्म ‘चपली हाइट ३’ को टिजर शुक्रवार हाई लाईट्स नेपालबाट सर्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरले फिल्म थ्रिलर र सस्पेन्स युक्त भएको प्रस्ट पार्छ । टिजरमा फिल्मका मुख्य कलाकार सबैलाई स्थान दिइएको छ । अभिनेता अर्पण थापा भने नेगेटिभ भूमिकामा रहेको देखिन्छ । टिजरले फिल्मप्रति थप कौतुहलता थपिदिएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश खड्का, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई लगायत कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मको कथा आकाश बरालले तयार पारेका हुन् । यो फिल्ममा अर्जुन कुमारको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई दिर्ग खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal