‘म यस्तो गीत गाउँछु २’ले आफ्नो प्रदर्शन अनिश्चित समयका लागि पछाडि सारेको छ ।



फागुन ३० गते रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले आफ्नो प्रदर्शन अनिश्चित समयका लागि पछाडि सारेको छ । कोरोना भाईरसको त्रासका कारण फिल्मको प्रदर्शन मिती अनिश्चित समयका लागि पछाडी सारिएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण पक्षले फिल्मलाई पछाडि सारेको उल्लेख गरेको छ । विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल सरकार र जिल्ला प्रशासनले मेला-महोत्सव र भिडभाड हुने कार्यक्रम नगर्न सुचना जारी गरिसकेको छ । चलचित्र निर्माता संघले पनि चलचित्रको छायांकन रोक्न आग्रह गरिसकेको अवस्थामा हामीले आम मानिसको स्वस्थ्यलाई ध्यानमा राखेर फिल्मलाई पछाडि सार्ने निधो गरेका छौँ ।’

नेपाल सरकारको नयाँ सुचना नआएसम्मको लागि फिल्मको प्रदर्शन स्थागित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा फिल्मलाई कुरेर बसेका दर्शकसँग माफी पनि मागिएको छ । त्यहाँ लेखिएको छ, ‘हाम्रो फिल्मको पर्खाई अझ लामो हुन गाएकोमा हामी क्षमाप्रार्थी छौँ । आम मानिसको साथ र माया हाम्रो फिल्मलाई उस्तै रहनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

सुदर्शन थापा निर्देशित म यस्तो गीत गाउँछु २ मा पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal