रेखा र सविनको दमदार एक्सनमा ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक



नायीका रेखा थापा र नायक सविन श्रेष्ठको फिल्म ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा रेखा र सविनको दमदार एक्सन देखाइएको छ।

आशिष भेटवालले निर्देशन गरेको फिल्ममा रेखा थापा, सविन श्रेष्ठ, सरोज खनाल र दिल श्रेष्ठको मुख्य भूमिका रहेको छ । सरोज खनाल भने फिल्ममा भिलेन अवतारमा देखिने छन् । चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी रहेको फिल्ममा अमित श्रेष्ठ कार्यकारी निर्माता हुन् ।

मदनकाश्यप घिमिरेको छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् । यो फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । यो फिल्म वैशाख २६ गते देखि देशभरी प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal