भूकम्पमा आधारित फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक



दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा भुकम्पका कारण आफ्नो पारीवार गुमाउनु परेको पिडालाई देखाइएको छ ।

फिल्ममा दयाहाङ, बुद्धि र शान्तिसँगै जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । फिल्ममा रेखा थापा अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् ।

सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्म चैत ७ गते देशभर प्रदर्सन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal