प्रशान्तको उपस्थितीमा मार्च १४ तारिक ‘हेरिटेज अफ फेसन २०२० सिड्नी’ आयोजना हुँदै



असाप इन्टरटेन्मेन्टको आयोजना अष्ट्रेलियामा ‘हेरिटेज अफ फेसन २०२० सिड्नी’ कार्यक्रम आयोजना हुँदैछ । मार्च १४ तारिक सोफिटेल लक्जरी होटेल सिड्नीमा सम्पन्न हुने उक्त कार्यक्रमको अडिसन फेब्रुअरी १ र २ तारिक सिड्नी स्थित यूकेबिए कलेज पारामाटामा गरिएको थियो ।

अष्ट्रेलियाको भीषण आगलागीबाट प्रभावित र पोखरा साराङकोटका क्यान्सर पिडितहरुको सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागिएको मुख्य आयोजक असाप इन्टरटेन्मेन्टका निर्देशक सन्तोष अधिकारीको भनाई छ ।

कार्यक्रममा नेपाली पोसाक तथा नेपाली सांस्कृतिक प्रस्तुत गरिनेछ । कार्यक्रमले नेपाली कला तथा संस्कृतीको संरक्षण तथा प्रर्वद्धनाको उदेश्य राखेको छ । कार्यक्रममा नेपाल सँगै भारत, जापान, चीन, फिलिपिन्स, साउथ अमेरिका, इंग्ल्याण्ड, अष्ट्रेलिया लगायतका देशका विभिन्न मोडलहरु र्याम्पमा उत्रनेछन् ।

कार्यक्रममा फेसन आईकन प्रशान्त ताम्रकार, ड्रेस डिजाईनर अमितेश कर्ण तथा सुकनिता चौलागाई लगायतको प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal