सीपी मैनाली सवार कार दुर्घटना नियोजित:माले



नेपाल कम्युनिस्ट पार्टी (माले) ले पार्टीका महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको जनाएको छ ।

बिहीबार महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटना हुँदा मैनालीसहित पाँच घाइते भएका थिए। मैनाली चढेको बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

मैनालीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, मैनाली अहिले खतरामुक्त छन् । तर, मालेले घटनाको भोलिपल्ट एक विज्ञप्ति जारी गर्दै दुर्घटना अस्वभाविक र नियोजित भएको दाबी गरेको छ ।

यो दुर्घटना अस्वभाविक र नियोजित देखिन्छ’, पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त दुर्घटनाको तथ्य तथा त्यसमा अन्तर्निहित दुर्नीयत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनता समक्ष ल्याउन र कुनीयतजन्य योजनाकार र दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal