‘टुल्की’को लागी मुख्य अभिनेता र अभिनेत्री खोज्दै निर्देशक



बहुपती प्रथामा आधारित रहेर निर्माण हुने सिनेमा ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’को आव्हान गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने सिनेमाको निर्माण टिमले सिनेमा खेल्न इच्छुक कलाकारले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । निर्देशक लक्ष्मण सुनारका अनुसार इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागी बोलाइने छ ।

जुम्ला, मुगु र डोल्पामा छायाँकन गरिने सिनेमाका लागी २० देखि २५ वर्ष उमेर समुहकी एक मुख्य अभिनेत्री र २२ देखि ३० वर्ष उमेर समुहका दुई मंगोलियन अनुहारका मुख्य अभिनेताका साथै अन्य सहायक कलाकारको लागी अडिसन खुल्ला गरिएको निर्माण टिमको भनाई छ । निर्माण घोषणाको लामो समय पश्चात फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको कथामा काम गर्न केही समय लागेका कारण छायाँकनमा ढिलाई भएको निर्देशक सुनाएले बताए ।

हरी श्रेष्ठ र शेखर लामा निर्माता रहेको सिनेमाको कथा निर्देशक सुनार स्वयंमले तयार पारेका हुन् । अरोन अशोककुमारको छायाँकन रहने सिनेमाका मुख्य कलाकारको लागी अडिसन आगामी मार्च १२ अर्थात फागुन २९ गते गरिनेछ । सिनेमाको कथा निकै राम्रो भएका कारण पनि निर्माणमा कुनै कमी कमजोरी नछोड्ने निर्देशक सुनारको दाबी छ । यसअघि यो सिनेमामा अभिनेत्री बेनिशा हमालले पनि मुख्य भुमिकामा अभिनय रहने खबर बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal