मेलिना राई र चिरञ्जीवीको ‘बिस्तारै बिस्तारै तिमी मेरी’ सार्वजनिक



चर्चित गायिका मेलिना राई र चिरञ्जीवी भण्डारीको आवाजमा रहेको गीत ‘बिस्तारै बिस्तारै तिमी मेरी’को भिडियो सार्वजनिक भएको छ । प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक चिरञ्जीवीकै संगीत रहेको छ भने सञ्जिव बराईलीले एरेञ्ज गरेका छन ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेत्री जेबिका कार्की र गायक चिरञ्जीवी स्वयंमको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोलाई गायक चिरञ्जीवीकै युट्युब च्यानलबाट सर्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal