‘हिजो आजका कुरा’ को पहिलो गीत ‘माया जदौ’ सार्बजनिक

चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत ‘माया जदौ’ सार्बजनिक भएको छ। चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको ‘माया जदौ’ मा दिपक शर्माको संगीत र आनन्द अधिकारीको शब्द रहेको छ।
सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा भूषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, नविक के.भट्टराई र साकार पन्त सहित अन्य कलाकारलाई भिडियोमा देख्न सकिन्छ ।
साकार पन्तको डेव्यु निर्देशकिय फिल्म ‘हिजो आजका कुरा’ बैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त लगायत कलाकारहरुको अभिनय छ।