बज्राचार्यकै निर्देशनमा ‘राति’ गीतको भिडियो सार्वजानिक

नेपाली पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै आएका चर्चित पप गायक दिपक बज्राचार्यको ‘राति’ बोलको गीतको म्युजिक भिडीयो सार्वजनिक भएको छ ।
बज्राचार्यकै संगीत रहेको गीतमा रिक्की शाक्यको शब्द रहेको छ । भिडियोलाई दिपक बज्राचार्यले स्वयमले निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन पनि हो।
नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यको यो भिडियोमा सुन्दर र लोभ लालचको सैतान लाई हाम्रो आफ्नो कला संस्कृतीको ‘लाखे’ तथा ‘झाक्री’ रुपी सकारात्मक सोचले पराजित गरेको कथालाइ देखाइएको छ ।भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचारिंग गरिएको छ ।