‘सेन्टी भाइरस’को दोस्रो गीत आफ्नो पार्टी जिताइदे सार्वजनिक



बहुप्रतिक्षित फिल्म ‘सेन्टी भाइरस’को दोस्रो गीत आफ्नो पार्टी जिताइदे सार्वजनिक भएको छ । गीतको भिडियोमा कलाकारहरु कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई, एलिश राई, सञ्जु शाह लगायत फिचर्ड छन् ।

सार्वजनिक दोश्रो गीतमा सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द र प्रमोद खरेल अनि विद्या मन्जु तिवारीको स्वर रहेको छ। फागुन ९ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे र दयाहाङ राईको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal