वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो(भिडियो)



कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा रहेका नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत आइतबार बिहान करिव ४ बजेतिर काठमाडौं ल्याइएको हो ।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमानमा चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सक सहितको टोली चीन गएको थियो । १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३:३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ ।

बुहानबाट १७५नेपालीलाई लिएर बुहान विमानस्थलबाट सो विमान काठमाडौंका लागि उडेको थियो । बुहानबाट शुरुमा १८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका थिए ।

नेपाल आइपुगेका एक सय ७५ जनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर केही समस्या नदेखिएका व्यक्तिलाई मात्र भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा लगिएको सरकारले जनाएको छ।

बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal