संगीत र प्रेमसँग जोडिएको ‘म यस्तो गीत गाउँछु २’



पल शाह र पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गर्दै फागुण २३ गतेबाट रिलिज हुने भनिएको यस चलचित्रको पर्दर्शन मिति पनि एक साता पछि फागुण ३० गतेकालागि सारिएको छ । ट्रेलर हेर्नुस् :

सार्वजनिक ट्रेलरमा नायिका पूजा र पलको सांगीतिक यात्रालाई प्रस्तुत गरिएको छ । जसमा नायिका पूजालाई पलले स्टार बन्ने सपना देखाएका छन् । सुर्दशन थापाले निर्देशन गरेको फिल्म पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारको अभिनय रहेको छ ।

नायिका पूजा र निर्देशक सुदर्शनको लगानीमा बनेको फिल्मको कथा निर्देशक सुदर्शनले तयार पारेका हुन् । सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यो फिल्म फागुन ३० गते देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal