‘लक्का जवान’को दोस्रो गीत ‘मुसुक्कै हाँस्न माया’



चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्‍वर रहेको छ ।

डान्सिङ नम्बरमा तयार भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीलाई फिचर गरिएको छ । भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

चैत २१ गते रिलिज हुने यस चलचित्रलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा र संवाद पनि शिवहरी आफैँले तयार गरेका हुन् । कमेडी जनरमा निर्माण भएको यस चलचित्रमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

किरण केसीको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal