विल्शन बिक्रम र एलिशा राईको ‘सोल्टिनी बिनाको साकेला’ सार्वजनिक



हाँस्य-कलाकार विल्शन बिक्रम राईको निर्देशनमा बनेको ‘सोल्टिनी बिनाको साकेला’गितको भिडियो सार्वजनिक भएको छ। गायिका तारा नुमिहाङ्ग् बान्तावा राई तथा राजेशपायल राईको स्वर रहेको उक्त गितको भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा राईलाई देख्न सकिनेछ।

स्वर्गीय अर्जुन खालिङ्ग राईको शब्द तथा आशुतोष राईको संगीत, शोक लोहोरुङ राईको संगीतसंयोजन रहेको गितको भिडीयोमा हराउदै गएको साकेला नृत्यलाई देखाउन खोजिएको छ।

भिडियोमा राजिव कुमारको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ भने बिक्रम डिसीले छायाङ्कन गरेका छन्।किराती संस्कारलाई झल्काउने “सोल्टिनी बिनाको साकेला” लाई भने गायिका तथा मोडल यसोदा खालिङ्ग राइले निर्माण गरेकी हुन।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal