हिमाली भेगको प्रेम कथा बोल्दै ‘मन्त्र’को टिजर सार्वजनिक



हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । सार्बजनिक टिजरमा चलचित्रका मुख्य कलाकारमा सौगात मल्ल,बुद्दि तामांङ,दिया पुन रहेका छन । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम बिश्वस्त रहेको छ ।

हिमाली भेगको प्रेम कथालाई बोल्ने यस चलचित्रलाई खिल बहादुर गुरुङले निर्देसन गरेका छन्। यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर सह निर्मातामा रबिराज कार्की सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन ।

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र नयाँ बर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ तर नयाँ बर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने चाहिं गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal