बहुप्रतिक्षीत फिल्म ‘प्रेम गीत ३’को पहिलो गीत ‘हात्ती ढुङ्गामा’ सार्वजनिक (भिडियो)



मङ्गलवार चलचित्र ‘प्रेम गीत ३’ गीतको पहिलो गीत सार्वजनिक गरिएको छ । नायक प्रदिप खड्का र नायिका क्रिस्टिना गुरुङ्ग फिचर्ड गीत ‘हात्ती ढुङ्गामा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ ।

https://youtu.be/UaeScocRNsQ

सागर आले र मेलिना राईको स्वर रहेको गीतमा हर्क साउदको शब्द र कल्याण सिंहको संगीत रहेको छ । यो गीतलाई कविराज गहतराजले कोरियोगाफ्री गरेका हुन् ।

फिल्ममा प्रदिप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायत कलाकारको अभिनय रहेको छ ।

छेतन गुरुङ र सन्तोष सेनको सयुक्त निर्देशनमा बनेको फिल्ममा सन्तोष सेनको लगानी रहेको छ । यो फिल्मबाट सन्तोष सेनले फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । यो फिल्म चैत २८ गते देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal