‘सेन्टी भाइरस’को विदेश राइट्स १ करोड १५ लाखमा बिक्री



मुनाफाको ५० प्रतिशत चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’मा खर्चने घोषणा गरेको ‘सेन्टी भाइरस’को विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरिद गरेको छ ।

गौतम वुद्ध अन्तरराष्ट्रिय रंगशाला निर्माण स्थलमा सुविहानी फिल्मस्को तर्फबाट कलाकार सिताराम कट्टेल र नेप्सिने कम्पनी नेपालका प्रमुख विधान कार्कीविच सहमती भएको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले नेपालका गाउँमा हुने पारिवारिक राजनीतिको कथालाई उठान गरेको छ । यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal